गाेरखा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गाेरखाकाे निर्वाचन अवैध भएकाे छ । केन्द्रिय निर्वाचन समितिका अध्यक्ष हरि बहादुर बस्नेतद्वारा जारी गरिएकाे पत्रले निर्वाचन अवैध भएकाे र असाेज २० गते भित्र पुन: अधिवेशन गराउन निर्देशन दिएकाे हाे ।
जिल्ला अध्यक्षका उम्मेदवार ५ जना थिए । त्यसमा केहि पक्षले थप समयकाे माग गरेकाे, विवाद भएपछि एक पक्षले एकलाैटी तरिकाले जिल्लाकाे अधविशेन घाेषणा गरेकाे भन्दै जिल्ला हुदैं केन्द्रिय निर्वाचन समितिमा उजुरी परेकाे थियाे । त्यहि उजुरिका आधारमा समितिले पुन: अधिवेशन गराउन निर्देशन दिएकाे हाे ।
जिल्ला निर्वाचन समितिका अध्यक्ष ठाकुर लामिछानेले केन्द्रिय निर्वाचन समितिले असाेज २० भित्र पुन: अधिवेशन गर्न निर्देशन दिएकाे जानकारी दिए ।
‘ अध्यक्षका उम्मेदवार ५ जना हुनुहुथ्थ्याे । त्यसमा पनि केहि साथीहरूले थप समय माग्नु भएकाे थियाे’, उनले भने ‘त्यसवीचबाट नयाँ कार्यसमिति चयन गर्दै हामीले अधिवेशन सम्पन्न गरेका थियाैं । तर, केन्द्रले असाेज २० मा पुन: अधिवेशन गराउनु भनेकाे छ । र, त्याे अन्तिम नै समय भएकाले पनि असाेज २० मा पुन: अधिवेशन गर्ने सहमति भएकाे छ ।’
कन्द्रिय निर्वाचन समितिका अध्यक्ष बस्नेतद्वारा जारी गरिएकाे पत्रमा भनिए- ‘२९ भाद्र २०७८ मा सम्पन्न भनिएको गोरखा जिल्ला अधिवेशन र सो अधिबेशनबाट प्राप्त मत परिणाम घोषणा सम्बन्धमा जिल्ला निर्वाचन संयोजकबाट प्राप्त दस्ताबेज र अन्य सम्बन्धित दस्तावेज र सो सम्बन्धमा गोरखा जिल्ला निर्वाचन समितिमा परेका उजुरीहरु र केन्द्रीय निर्वाचन समितिमा परेका उजुरीहरु बारे सत्य तथ्य छानबिन गरी, आजको बैठकमा छलफल हुँदा, सो गोरखा जिल्ला अधिवेशन, राप्रपाको निबार्चन सम्बन्धी विधि र प्रक्रिया बमोजिम भएको नदेखिएकोले सम्पन्न भनिएको सो जिल्ला अधिवेशन बदर गरी जिल्ला अधिवेशन पुनः गराउने गरी गोरखा जिल्ला निर्वाचन समितिलाई निर्देशन दिने निर्णय भएको जानकारी गराउदै २०७८ असोज २० गते भित्र गोरखा जिल्ला अधिवेशन पुनः गराउन निर्देशन गरिएको अनुरोध गर्दछु ।’
अधिवेशनले सुदिप ढकालकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे थियाे । सोमबारदेखि शुरु भएको अधिवेशनमा अध्यक्ष पदका उमेदवारहरु पूर्व अध्यक्ष भगवान दास मल्ल, निवर्तमान सह-अध्यक्ष अम्बिका रुपाखेती, रामराज कोइराला र रामबाबु अर्याललाई पराजित गर्दै ढकाल अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
निर्वाचन समितिले दिएको समयमा ढकाल बाहेकका उमेदवारहरु बिना सुचना अनुपस्थित रहेपछि समितिले निर्वाचनको प्रक्रिया अघि बढाएको थियो ।
अधिवेशनले मानबहादुर श्रेष्ठ, राममाया केसी, पानमाया सिंखडा, कल्पना राना, माया खनखवास, दिपक देवकोटा, राम पनेरु, इश्वर बस्नेत, ज्ञानेन्द्र जङ् शाह, तोत्र बहादुर बस्नेत, तोप बहादुर पाठक, विष्णु प्रसाद पोखरेल, दयाराम पोखरेल, हरिराम अधिकारी, डिल्ली राम पोखरेल पुजन, कृष्ण श्रेष्ठ, अविनास कोइराला, दुर्गाभक्त कुमाल लगायत ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसकाे महाधिवेशन, माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन तथा जनता समाजवादी (जसपा)को छायाँमा परेकाे राप्रपाकाे अधिवेशन हिजाे-आज नेपाली कांग्रेसकाे १४औं महाधिवेशनले बिथाेलिएकाे चर्चा छ ।
प्रतिक्रिया