+
Search

ताजा अपडेट +

पपुलर +

संसदमा एमालेको नाराबाजी : ‘कालो धन चाँइदैन, देश लुट्न पाइँदैन’

4KNationalDaily
२०७८ आश्विन १९, मंगलवार १३:३० बजे

काठमाडाैं– प्रतिनिधि सभाको मंगलबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ। अर्को बैठक असोज २२ गतेका लागि तोकिएको छ।

नेकपा एमालेका सांसद्हरुले मंगलबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गरे। सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए।

सभामुख सापकोटाले भने सभा नियमित प्रक्रियामा प्रवेश गरेर आफ्नो कुरा अनुरोध गरेका थिए। उनले नियमित अवरोध गरिरहँदा संसद्प्रति वितृष्णा बढ्न सक्नेमा सचेत गराएका थिए।

उनले बैठक सञ्चालनमा सहयोगको अपेक्षा गरेका भए पनि एमालेको अवरोध रोकिएन। उनीहरुले ‘कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन’, ‘यथास्थितिमा संसद् चल्न सक्दैन’ लगायतका केही हप्तायता लगाइरहेका नाराहरु दोहोर्याएका थिए।  साथै उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै सभामुखविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily