+
Search

ताजा अपडेट +

पपुलर +

कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवलकारमा यात्रुको चाप

4KNationalDaily
२०७८ आश्विन २३, शनिबार १९:३५ बजे

गाेरखा- कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा दशैं लागेसँगै यात्रुको चाप बढेको हो ।

मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५ सय हाराहारी रहेको संख्या बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो ।

कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८ सय सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily