गोरखा- फुजेलबाट बेनिघाट जाँदै गरेकाे बोलेरो जीप दुर्घटना भएकाे छ । गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै मलेओडारमा बोलेरो जीप दुर्घटना हुदाँ ५ जना घाइते भएका हुन्। उनीहरूकाे मलेखुकाे अस्पतालमा उपचार भइरहेकाे छ । जिपमा १५ जना सवार थिए ।
गाउँपालिकाको दर्बुङबाट बेनिघाट जादै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो ब्रेक फेल हुँदा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको गाेरखा प्रहरीले जनाएकाे छ । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।
बोलेरोको ब्रेक फेल भएपछि चालक राजु थापाले गाडीलाई भित्तामा ठोक्किएर जोगाएका थिए । गण्डकी गाउँपालिका भित्र चल्ने राताे नम्बर प्लेटका बाेलेराे जीपहरुले २० जनासम्म मानिसहरु राखेर ओसार-पसार गर्दै आएका छन् ।
प्रतिक्रिया