+
Search

ताजा अपडेट +

पपुलर +

दश बुँदे भन्दै एमालेमा बसेका साथीहरुको हरिबिजोग भयो : माधव नेपाल

4KNationalDaily
२०७८ कार्तिक ६, शनिबार १६:४४ बजे

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए।

‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

अध्यक्ष नेपालले ओलीले एमालेमा कुनै नेतालाई सम्मान नै नगरेको आरोप पनि लगाए।

‘ओलीले नेताहरुको सम्मान गर्दैनन्। कुनै छलफल पनि गर्दैनन्। त्यहीकारण हामीले विद्रोह गर्‍यौँ’, उनले भने, ‘ओलीसामु त्यहाँ कसैको मान मर्यादा हुँदैन। सम्मान पनि गरिँदैन। ओलीको त्यही व्यवहारका कारण हामी विद्रोह गरेर नयाँ यात्रामा छौँ।’

उनले एमालेको संस्थापक आफैं भएको बताउँदै ओली त्यसबेला कुनै आन्दोलनमा नदेखिएको पनि बताए।

‘२०३१ सालमा को-अर्डिनेशन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा केपी ओलीहरु कहाँ थिए? ०३२ सालको जेठ महिनामा कोअर्डिनेशन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा कहाँ थिए?’, उनले सोधे, ‘त्यसबेला मुकुन्द न्यौपाने र झलनाथ खनाल हामीसँगै हुनुहुन्थ्यो। म यहीँ छु।’

उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिर्जना एमालेले गरेको पनि बताए।

‘मदन भण्डारीको जबजको सिर्जना हामीले गरेका थियौँ, एमालेले गरेको थियो’, उनले भने, ‘केपी ओली एण्ड कम्पनीले गरेको होइन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily