+
Search

ताजा अपडेट +

पपुलर +

भीम रावललाई ओलीले भने- ‘नयाँ पार्टी खोल्नुस’

4KNationalDaily
२०७८ कार्तिक १२, शुक्रबार ०७:३३ बजे

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई नयाँ पार्टी खोल्न सुझाव दिएका छन् । एमालेमा असन्तुष्ट बनेका रावललाई ओलीले नयाँ पार्टी खोल्न चुनौती दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा पार्टीको वडा अधिवेशन नभएको रावलको भनाइको एमाले अध्यक्ष केपी ओलीले प्रदेश १ को राजधानी विराटनगरबाट खण्डन गरेका छन् ।

गृहजिल्ला झापाबाट फर्केर केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री मोती दुगडको विराटनगरस्थित होटल ह्रयारिसनमा बास बसेका ओलीले त्यहीँबाट रावललाई जवाफ दिए ।

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले एमाले व्यक्तिको पछि नलाग्ने बताए । ‘भीम रावलले सुदूरपश्चिममा वडा अधिवेशन नै भैसकेको छैन भन्नुभयो । प्रभु साहहरु अर्को पार्टी दर्ता गराउँदैछन्,तपाईं के भन्नुहुन्छ ?’ पत्रकारहरुले ओलीलाई प्रश्न गरे ।

जवाफमा ओलीले भने, ‘कुन व्यक्तिले के भन्यो भन्ने कुराको पछि एमाले लाग्दैन, त्यो कुनै विवाद नै होइन बरु किन भनेको भनेर सोधपुछ गर्ने काम हुन्छ । अनि लोकतन्त्रमा नयाँ पार्टी खोल्न पाइन्छ,त्यो सामान्य कुरा हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily