+
Search

ताजा अपडेट +

पपुलर +

सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ?

4KNationalDaily
२०७८ कार्तिक १३, शनिबार १६:१७ बजे

काठमाडाैं- नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सभामुख अग्नीप्रसाद सपकोटा संसदीय प्रणालीको लागि कलंक भएको बताएका छन् ।

एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्कमा मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताए । प्रचण्डले एमालेलाई धक्का दिएर माओवादी केन्द्रमा फर्किए पनि अब चुनावमा महाविपत्ति देखिने ओलीको दावी छ ।

‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ । पदीय ढोँगी , मर्यादा केही छैन । पदीय भूमिका र पदीय गरिमालाई तिलाञ्जली दिएर एमालेविरुद्धको षडयन्त्रमा सामेल हुने,’ उनले भने, ‘पार्टीको निर्देशनमा संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने । पदीय कर्तव्य पालना नगर्ने र देशलाई नै बर्बाद गर्ने व्यक्ति कसरी चुनिनुहुन्छ ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily