+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकाेटकाे जनसंख्या १४ हजार, ७ हजारले पाए कोरोनाविरुद्धको खोप !

4KNationalDaily
२०७८ कार्तिक १६, मंगलवार १५:४७ बजे

गाेरखा- अजिरकाेट गाउँपालिकाले लक्षित वर्गलाई कोरोनाविरुद्धको खोप लगाइसकेकाे छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश दवाडीका अनुसार करिब १४ हजार २ सय १२ जनसंख्या रहेकाे अजिरकाेटका लक्षित वर्गलाई खाेप लगाइसकेकाे हाे ।

उनका अनुसार अजिरकाेटमा १८ बर्ष माथीका ११ हजार हाराहारीका लक्षित बर्ग थिए । ति मध्ये ७३९३ जनालाई पहिलाे र दाेस्राे चरणकाे गरि काेभिड खाेप लगाईएकाे हाे ।

काेभिड खाेप लगाउने क्रममा ३१३ गर्भवति महिलालाई खाेप लगाउन नसकिएकाे हाे । गर्भवति महिला र काेराेना पुष्टि भएकाे २६ दिनसम्म काेराेना खाेप लगाउनु हुन्न ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाले अझै पनि विभिन्न कारणले खाेप लगाउन नपाएका या छुटेका उमेरसमुहका लक्षित वर्गलाई टाेल तथा वडाका रहेकाे स्वास्थ्य स्वयमसेविका मार्फत खाेप लगाउने क्रम जारी रहेकाे जनाएकाे छ ।

‘हामीले लक्षित वर्गलाई खाेप लगाईसकेका छाैं,’ उनले भने ‘तर पनि विभिन्न कारणले छुट्नु भएका १८ बर्षमाथीका उमेरसमुहका काेहि हुनु हुन्छ भने स्थानीय स्तरमा रहनु भएका स्वयमसेविका मार्फत खाेजी गरि खाेप लगाउने याेजना छ ।’

जिल्लाका ११ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहले काेराेना विरूद्वकाे खाेप लगाउने क्रम जारी नै रहेकाे छ । तर, अजिरकाेट  चाँडै खाेप लगाउन सफल भएकाे हाे । काेराेनाकाे पहिलाे र दाेस्राे लहरमा अजिरकाेटकाे भच्चेक बजार, ध्याचाेकलगायतका स्थानमा धेरै संक्रमित फेला पारिएकाे थियाे ।

गाउँपालिकाले सञ्चालन गरेकाे काेभिड अस्पताल समेत प्रदेश तथा संघकाे स्वास्थ्य मन्त्रालयले बन्द गर्नु भनेपछि बन्द गरिएकाे छ । अहिले अजिरकाेटका ५ वडाका विभिन्न स्वास्थ्य चाैकीबाट काेराेनाकाे खाेप समेत दिने गरिएकाे दवाडीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily