+
Search

ताजा अपडेट +

पपुलर +

५५ अर्व हैन, ५५ खर्व नै आएपनि एमसीसी खारेज गर्नुपर्छः कृष्णबहादुर महरा

4KNationalDaily
२०७८ कार्तिक १७, बुधबार १५:२८ बजे

 रोल्पा- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवेशनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् ।

देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् । तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैनू ( महराले भने ।

प्रतिनिधिसभाका पुर्वसभामुख समेत रहेका महराले सम्बोधनका क्रममा महराले आफ्नो अधिकांश समय राष्ट्रिय स्वाधीनताको वकालत गर्दै

एमसीसी विशुद्ध विकास कार्यक्रम नभएर सैनिक रणनीतिसंग जोडिएको बताए । हाम्रो देशबारे अरु देशको राजधानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।

त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने बताए । ‘हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छ’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वास रहेका महराले पछिल्ला दिनमा देशको स्वाधीनता खतरामा परेको औंल्याउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily