+
Search

ताजा अपडेट +

पपुलर +

खाजाघर जुवा तासकाे अड्डा : एक लाख रुपैयाँसहित ९ जना पक्राउ

4KNationalDaily
२०७८ कार्तिक २०, शनिबार ०८:४८ बजे

गोरखा- गोरखा नगरपालिका–८ चाइनिजधाराको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर- ८ का मन्दीप श्रेष्ठ, विवश केसी, मनोज खत्री, जीवन बिसी, वडा नम्बर ६ का गणेश बराम र शहीद लखन गाउँपालिका–८ का रमेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका- ६ का किसान गुरुङ, रौतहटको गरुडा नगरपालिका–२ का फेकु सहनी र महोत्तरीको गौशाला नगरपालिका–७ का भुपेन्द्र शाहलाई पनि पक्राउ गरिएको डीएसपी प्रकाश दाहालले बताए ।

जुवाको खालबाट १ लाख १ हजार ८ सय नगद र तास बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लाे समय गाेरखाका खाजाघरमा यस्ता खालका अवैध खेल मैलाएकाे प्रहरीले दावी गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily