काठमाडौं- नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनका लागी सर्त राखेका छन् । देउवाले एमसीसी पास गर्न सघाउँने हो भने मात्रै चुनावमा गठबन्धन गरेर जाने सकिने प्रष्ट सन्देश प्रचण्डकोमा पठाइसकेको स्राेतकाे दावी छ ।
देउवाले यहि खालको प्रस्ताव सत्ता साझेदार अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकोमा पनि पठाएका छन् । उच्च स्रोतले दिएको सुचना अनुसार देउवाले आगामी निर्वाचनमा गठबन्धनका लागी एमसीसी तत्काल पास गर्नु पर्ने सर्त बनाएका छन् । अहिले एमसीसी पास गर्न सघाउँदा मात्रै आफुले पनि निर्वाचनमा गठबन्धन गरेर जाने गरि पार्टीमा कुरा अघि बढाउँने सन्देश देउवाले पठाएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार आफुले एमसीसीका उच्च अधिकारीहरुलाई अब संसद सुचारु हुने वित्तिकै एमसीसी पास गराउँछु भनेर वचन दिइसकेको र अहिले प्रचण्ड र माधव नेपालले साथ दिनु पर्ने भन्दै देउवाले दबाव बढाएका छन् ।
सत्ता गठबन्धनमा एमसीसी फेरी गलपासो बन्ने संकेत देखिएको छ । केहि दिन अघि मात्रै पनि प्रधानमन्त्री देउवाले प्रचण्ड र आफुले एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्रनै लेखिसकेको बताएका छन् । प्रचण्डले देउवाको कुरालाई खण्डन गरे पछि खेल थप रोचक बनेको छ।
प्रतिक्रिया