+
Search

ताजा अपडेट +

पपुलर +

घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी कहिले बन्छ, भने- दुई महिनाभित्रै टुंगो लाग्छ

4KNationalDaily
२०७८ कार्तिक २३, मंगलवार १२:४९ बजे

गाेरखा- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादव् पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई महिनाभित्रै बुढिगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् ।

जसपाको पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान अन्तरर्गत गाेरखा दाैडाहामा निस्केका बाबुरामले बूढीगण्डकी जलविद्युत आयोजना दुई महिनाभित्रै टुंगो लाग्ने बताएका हुन् ।

भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरे। घ्याल्चोक, तोरी स्वारा, बेनिघाट, माझीगाउँका स्थानीयले नछुटाएको प्रश्न थियो, ‘बुढिगण्डकी बन्छ कि बन्दैन ? बने कहिले बन्छ ? कुन मोडालिटीमा बन्छ ?’

योजनाकार भट्टराईलाई गोरखा आउनुअघि यसबारे जनताले प्रश्न गर्छन् भन्ने थाहा भएअनुसार नै सम्बन्धित मन्त्रालयसँग जवाफ मागेर नै गोरखा पुगेका थिए। उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए।

एमसीसीले देश विकास गर्ने

गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखे। संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकीका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधे।

जवाफमा भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताए। यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो।

भट्टराईले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन्। यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि।’

भट्टराईले अहिले सहयोग लिने र विकास तथा समृद्धिमा लाग्ने बताए। अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी नभएको भन्दै उनले पहिले आफू बलियो बनेमा बसैले हेप्न नसक्ने बताए। भट्टराईले भने, ‘अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’

अभियान २२ कात्तिकदेखि ३ मंसिरसम्म संचालन हुनेछ। तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन्। अभियान ३ मंसिरमा वालुवामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ।

सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए। उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे। बाबुराम २०७० काे संविधान सभा निर्वाचनका क्रममा क्षेत्र न १ बाट निर्वाचित भएका थिए ।

याे पनि,

गाेरखामा बाबुरामकाे ‘सुज’ अभियान : धार्चेदेखि बारपाक हुदैं भच्चेकसम्म, के छ कार्यक्रम ?

गाेरखा पुगेर बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily