+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रका संयोजक थापामगर भन्छन्- गाेरखाका सबै क्षेत्र र स्थानीय तहमा निर्वाचन जित्ने निश्चत

4KNationalDaily
२०७८ कार्तिक २९, सोमबार १७:५९ बजे

गाेरखा- नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति गोरखाका संयोजक लेखबहादुर थापाले गाेरखाका सबै क्षेत्र र स्थानीय तहमा निर्वाचन जित्ने निश्चत भएकाे दावी गरेका छन् । गोरखा नगरपालिका-१०, छेवेटारमा भएकाे एक प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले यस्ताे बताएका हुन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका थापाले आगामी तिन वटै तहको निर्वाचनमा माओवादी केन्द्रले जिल्लामा पुरानो बिरासत कायम गर्ने बताएका हुन् । उनले आउदो निर्वाचनमा गोरखाले स्थानीय तहमात्र नभएर सवै प्रदेश र संघिय निर्वाचन क्षेत्रमा जित्ने स्पस्ट खाका देखिएको दावी गरेका हुन् ।

‘प्रगिगमनहरु र यथास्थितबादीहरु चलमलाउन थालेपछि त्यसका बिरुद्ध युवाहरु जुरमुराउन थालेका छन्, उनले भने ‘तिनलाई परास्त गर्न माओवादीहरु एक भएर उभिनेछन् ।’ उनले युवाहरुलाई संगठन निर्माणमा आक्रमक ढंग लाग्न समेत निर्देशन दिए ।

गाेरखामा प्रतिनिधि सभा क्षेत्र तर्फ दुई निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ चार निर्वाचन क्षेत्र छ भने ११ स्थानीय तह छ । माओवादीले २०७४ को निर्वाचनमा जिल्लाका दुई गाउँपालिका, एक प्रदेश सभा र एक प्रतिनिधि सभामा विजयी भएको थियो । निर्वाचन क्षेत्र तर्फ क्षेत्र न १ बाट हरिराज अधिकारी बिजयी भएका थिए भने प्रदेश सभामा थापा बिजयी भएका थिए ।

उता, स्थानीय तहमा भने बारपाक-सुलिकाेट गाउँपालिकामा बिष्ण भट्ट र सहिद लखन थापा गाउँपालिकामा रमेश थापामगरले निर्वाचन जितेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily