+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानन्यायाधिश आफै हट्नुपर्छ नत्र महाअभियोग लगाउनुपर्छ- बाबुराम भट्टराई

4KNationalDaily
२०७८ मंसिर ८, बुधबार १६:०४ बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।

आज ट्वीट गर्दै जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईल न्यायपालिकाभित्र फोहोर छोपेर राख्न नसकिने भएकाले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका हुन् ।

उनले सिधै नलेखेपनि घुमाउरो तरिकाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसदले महाभियोग लगाउनुपर्ने आशयसाथ लेखेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily