+
Search

ताजा अपडेट +

पपुलर +

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीसँग हार्‍यो पीएसजी

4KNationalDaily
२०७८ मंसिर ९, बिहीबार ०७:४७ बजे

काठमाडाैं- च्याम्पियन्सल लिगअन्तर्गत बुधबार राति भएको समूह एको खेलमा मयानचेस्टर सिटीले पीएसजीलाई २–१ गोलले पराजित गरेको छ। यससँगै म्यानचेस्टर युनाइटेड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलको पहिलो हाफ बराबरीमा सकिए पछि दोस्रो हाफको ५० औं मिनेटमा पीएसजीका कायलिन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६३ औं मिनेटमा रहीम स्टर्लिङले बराबरी गोल फर्काए।

त्यस्तै ७६ औं मिनेटमा ग्राबियल जेससले अर्को एक गोल थप्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। खेलमा थप गोल हुन नसकेपछि सिटी २–१ ले विजयी भएको हो।

यससँगै समूह ए मा म्यानचेस्टर सिटीले पाँच खेलबाट १२ अंक हात पारेको छ भने समान खेल खेलेको पीएसजीले ८ अंक पाएको छ । पीएसजीले पनि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily