+
Search

ताजा अपडेट +

पपुलर +

भोट माग्दै भीम रावलले भने- सहमति गर्ने भए मेरै नाममा गरौँ

4KNationalDaily
२०७८ मंसिर ११, शनिबार २०:०३ बजे

चितवन- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम दिउँसो ३ बजेसम्म पनि सुरु भएको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । अध्यक्षका आकांक्षी भीम रावलले भने प्रतिनिधिहरूसित भाेट मागिरहेका छन् । उनले आफूलाई जिताउन आग्रह गरिरहेका हुन् । विभिन्न पदमा आकांक्षीहरू धेरै हुँदा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुटाउन समय लागेको बताइएको छ । प्रतिनिधिहरूसँग दुई हात जोड्दै रावल भनिरहेका छन्, ‘मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु, तपाईंहरूले मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास छ।’

रावलले सर्वसम्मत गर्ने भए आफ्नै नाममा सहमति गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई दोहोर्‍याउने प्रयास भइरहँदा उनले आफू पछि नहट्ने बताएका हुन् । उनले आफूलाई मत दिन प्रतिनिधिहरूलाई मनाउने कोसिस गरिरहेका छन् । तर, हलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी दिएकाे  छ। बन्दसत्र हलले ओलीलाई यो जिम्मेवारी दिएको हो।

शुक्रबार मध्यराति बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी पदाधिकारी थप्ने तथा केन्द्रीय समिति विस्तार गर्ने प्रस्ताव गरेकाे छ भने पाेलिटब्युराे पनि ब्युँताइएकाे छ। तर पनि एमालेको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम हुँदै गएको लक्षण रावलको उम्मेदवारी प्रचारले देखाइरहेकाे छ। नवौँ महाधिवेशनमा तेस्रो बढी लोकप्रिय मत ल्याएर रावल उपाध्यक्ष पदमा विजयी भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily