गाेरखा- नेकपा एमालेको केन्द्रीय सदस्यमा रामशरण बस्नेत र सम्झना देवकाेटा सर्वसम्मत चयन भएमा छन् । एमालेको दशैँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत खुल्ला पुरुषबाट र देवकाेटा महिला खुल्ला तर्फबाट सर्वसम्मत चयन भएका हुन् । गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत भईसकेका बस्नेत पार्टीका गाेरखा हुन् ।
२०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
हाल एमालेको केन्द्रिय सदस्य एवं गोरखा र मनाङ जल्लाको ईन्चार्जको जीम्मेवारी पाएका बस्नेतले २०७४ को प्रदेशसभा चुनावमा नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका थिए ।
हाल प्रदेश कमिटी सदस्यकाे जिम्मेवारी वहन गरिरहेकि देवकाेटाकाे उमेदवारी खुल्ला महिलाबाट थियाे । जिल्ला सचिव भएकि देवकाेटा पहिलाे पटक केन्द्रिय सदस्यमा चयन भएकि हुन् । गाेरखाबाट बस्नेत र देवकाेटा मात्र केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।
अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताए ।
प्रतिक्रिया