+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले अब सक्नुहुन्न, हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ : भीम रावल

4KNationalDaily
२०७८ मंसिर १३, सोमबार २०:०४ बजे

चितवन-  नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी हाँक्न नसक्ने बताएका छन्। पार्टीमा गम्भीर संकट आइरहेको बताउँदै रावलले त्यही संकटबाट जोगाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

उनले अहिले पनि एमालेमा जनलहर रहेको बताउँदै त्यसलाई बचाइराख्न आफू अध्यक्षमा उठ्न तयार रहेको पनि बताएका छन्। उनले बुटवल र चितवनसहितका स्थानमा देखिएको जनलहरले एमाले नै देशको पहिलो शक्ति भएको बताउँदै अब ओलीले हाँक्न नसक्ने पनि उनले बताए।

‘पार्टीलाई बलियो बनाएर अघि बढाउन पनि नेतृत्वमा आउन खोजेको हुँ’, उनले भने, ‘प्रतिनिधिहरुले मलाई विश्वास दिएर जिताउनु हुने विश्वास छ। अब ओलीले पार्टी चलाउन सक्नुहुन्न, उहाँले हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily