+
Search

ताजा अपडेट +

पपुलर +

राजेन्द्र लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने रेखाको तयारी

4KNationalDaily
२०७८ मंसिर १५, बुधबार २०:२८ बजे

काठमाडौं– अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्।

राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

राप्रपामा तीन महामन्त्रीको व्यवस्था छ। बिहीबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवल शमशेर राणा पनि दाबेदार छन्।

थापा निकट एक नेताका अनुसार उनले बिहीबार उम्मेदवारी घोषणा गर्दैछन्। कमल थापा निकट रहेकी उनी एकता महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily