+
Search

ताजा अपडेट +

पपुलर +

शंकर पोखरेललाई दाङको जुनसुकै निर्वाचन क्षेत्रमा चुनावमा हराउन तयार छुः मेटमणि चौधरी

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार १०:१८ बजे

दाङ- नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले नेकपा नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन् । शुक्रबार एक कार्यक्रममा उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन् ।

माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए ।

समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउंदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily