+
Search

ताजा अपडेट +

पपुलर +

भारतीय रक्षामन्त्री राजनाथ सिंह भन्छन्– बरु हामी शीर झुकाउँछौं, नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौ

4KNationalDaily
२०७८ मंसिर २९, बुधबार १८:०४ बजे

काठमाडौं– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध टुट्न नदिने बताएका छन्। शीर झुकाउनु परेपनि आफूहरु तयार भएको, तर नेपालसँगको सम्बन्ध टुट्न नदिने उनकाे दावी रहेकाे हाे ।

बुधबार भारतीय राज्य उत्तराखण्डको राजधानी देहरादूनमा आयोजित कार्यक्रममा रक्षामन्त्री सिंहले केही शक्तिहरु नेपालसँग भारतको बिगार्न लागिपरेको पनि बताए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले तुइन चुँडाल्दा नेपाली नागरिक महाकालीमा बगेको घटनाले नेपाल–भारत सम्बन्ध चिसिएका बेला सिंहले नेपालसँग सीमा जोडिएको राज्यमा आएर नेपालसँगको सम्बन्धबारे बोलेका हुन्।

‘नेपालसँगको भारतको सम्बन्ध बिगार्न चाहने शक्ति छन्। सरकारको प्रतिनिधिको हैसियतमा तपाईंहरुलाई भन्न चाहन्छु कि यदि हामीले हाम्री शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं। तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं,’ सिंहले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily