+
Search

ताजा अपडेट +

पपुलर +

प्रिमियर लिगः बराबरीमा रोकिए चेल्सी र लिभरपुल

4KNationalDaily
२०७८ पुष ५, सोमबार ०८:५६ बजे

काठमाडाैं- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आ–आफ्नो खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। लिभरपुलले टोटनह्याम हट्सपरसँग बराबरी खेलेको हो भने चेल्सी वोल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको हो।

आइतबार राति भएको रोमाञ्चक खेलमा लिभरपुलले टोटनह्यामसँग २–२ का बराबरी खेलेको हो। टोटनह्यामका ह्यारी केन र सोन हेउङ–मिनले एक/एक गोल गरेका थिए भने लिभरपुलका डिओगो जोटा र एन्ड्र्यु रोबर्टसनले एक/एक गोल गरेका थिए।

खेलको ७७ औं मिनेटमा लिभरपुलका रोबर्टसन रातो कार्ड खाँदै बाहिरिएसँगै लिभरपुल १० खेलाडीमा सीमित भएको थियो। अर्को खेलमा कोरोना संक्रमणको कारण केही खेलाडी अनुपस्थित रहेको खेलमा चेल्सी वुल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको छ।

चेल्सीले कोरोना संक्रमणको कारण आफ्नो टोलीमा असर परेको भन्दै चेल्सीले यो खेल रोक्न आग्रह गरेको थियो। लिगमा लिभरपुल १८ खेलबाट ४१ अंक हात पार्दै दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको चेल्सीले समान खेलबाट ३८ अंक हात पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily