गाेरखा- पुस १० र ११ गते हुने उद्योग बाणिज्य संघ, गाेरखाकाे ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशनमा उम्मेदवारी दिनेकाे लर्काे लागेकाे छ । अधिवेशनको उद्घाटन गृहमन्त्री बाकृष्ण खाँडले गर्ने तय भएको छ ।
बिहिबार अध्यक्षसहितका उम्मेदवारले उम्मेदवारी घाेषणा गरेकाे भएपनि शुक्रबार आर्को समुहले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेकाे हाे । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठको प्यानललाई नै समर्थन रहेको भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।
बिहिबार गोरखा सदरमुकाम पत्रकार सम्मेलन गर्दै महासचिव, कोषाध्यक्ष र सचिव पदसहित सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।महासचिवमा रामहरी केसी, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजिराम श्रेष्ठ रहेकाे भन्दै उनीहरूले उम्मेदवारी घाेषणा गरेका हुन् । विक कांग्रेस निकटका हुन् भने उनी सचिवमा पराजित अनुहारका हुन् ।
याे प्यानल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेसहितकाे प्यानल बनेकाे हाे । संघमा नेपाली कांग्रेस निकटका व्यवसायीकाे उपस्थिति बाक्लाे रहेकाे छ । केसी माओवादी, श्रेष्ठ एमाले निकटका हुन् ।
सदस्यमा भने सात जना व्यवसायीले यो समुह उम्मेदवारी दिने बताएका छन् । तर अहिले जसपाका कर्ण बहादुर गुरुङ, जसपाका प्रेमध्वज थापा र एकीकृत समाजवादीका शंकरबाबु कुँवरको नाम मात्र घोषणा भएको छ ।
अन्य चार जना सदस्य शुक्रबार मनोनयन दर्ता गराउँदासम्म छलफलबाट चयन भइसक्ने केसीले बताए । ‘यो बिशुद्ध ब्यवशायीहरुको हक हितका लागि उम्मेद्वारी हो’ केसीले भने ‘हामी लामो समयदेखि ब्यवशाय गरेर बसेका ब्यवशायीहरु छौँ ।
प्रतिक्रिया