+
Search

ताजा अपडेट +

पपुलर +

कसको हालत के हुन्छ, निर्वाचनमा देखिन्छः प्रचण्ड

4KNationalDaily
२०७८ पुष ९, शुक्रबार २१:२६ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा रहँदा केही फोहोरमैला लागेको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन ।

उनले भने,’फोहोरमैला बढार्न एकताले सघाउँछ । माओवादी केन्द्र सत्ताको नजिक पुगेपछि फोहरमैला लागेको छ। सत्तानजिक हुँदा लाग्दो रहेछ। तपाईं आएपछि सफाइमा सहयोग पुग्छ ।’

प्रचण्डले माओवादीमा अहिले ८ लाख सदस्य पुगेको भन्दै १० लाख पुर्‍याउने लक्ष्य लिइएको बताए । उनले कसको हालत के हुन्छ भन्ने कुरा आउने निर्वाचनमा देखिने बताए । उनले भने, ‘कसको हालत के हुन्छ, त्यो निर्वाचनले देखाउँछ।’

प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । प्रचण्डले नेकपा मसाल र आफूहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले एकता दिगो हुने दावी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily