+
Search

ताजा अपडेट +

पपुलर +

‘सालको पात’ मा पवन र सुमिनाको रोमान्स

4KNationalDaily
२०७८ पुष १०, शनिबार ११:१९ बजे

काठमाडौं- भ्वाइस अफ नेपालबाट गायनमा चिनिएका विनय कार्कीको नयाँ गीत ‘सालको पात’ सार्वजनिक भएको छ । विक्रम केसीको शब्द तथा गायक कार्कीकै संगीत गीतमा समेटिएको छ ।

गीतको म्युजिक भिडियोमा कलाकार पवन खतिवडा (म्याकुरी) र सुमिना खालिङको रोमान्स देख्न सकिन्छ । उनीहरुलाई अभिनयमा साथ सिवि चिरन, सुरेश खोली, बविता न्यौपाने दिएका छन् ।

आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियो सशान कडेलले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजवाहकको कोरियोग्री छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily