+
Search

ताजा अपडेट +

पपुलर +

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित, बंगलादेश सोझो सेटमा पराजित

4KNationalDaily
२०७८ पुष १०, शनिबार १४:२० बजे

काठमाडौं– एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि जित हात पारेको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो स्टमा पराजित गरेको हो।

नेपालले बंगलादेशविरुद्ध २५-५, २५-१५, २५-१७ को सहज जित निकालेको हो । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो भने मालदिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो।

नेपालले अब आइतबार उज्वेकिस्तान र सोमबार अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ। ६ टोलीसम्मिलित प्रतियोगिता राउन्ड रोबिन भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily