+
Search

ताजा अपडेट +

पपुलर +

सहमति नभए लोकतान्त्रिक विधिबाट केन्द्रीय समिति चयन गरिन्छ : प्रचण्ड

4KNationalDaily
२०७८ पुष १७, शनिबार १५:४६ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिबाट केन्द्रीय समिति चयन हुने बताएका छन्। यद्यपि, पहिलो प्रयास सहमतिकै लागि हुने उनको भनाइ छ।

शनिबारको दोस्रो बन्दसत्रमा सम्बोधन गर्दै उनले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि अब महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने बताए।

दिउँसो २ बजे दोस्रोपटक बन्दसत्र सुरु भएको थियो। सहमतिबाट केन्द्रीय समिति चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिमा साँझ ५ बजेसम्म छलफल हुनेछ।

अहिले बन्दसत्र पुनः स्थगित भइ महाधिवेशन आयोजक समितिमा छलफल सुरु भएको छ। बन्दसत्र भने ५ बजेसम्मलाई स्थगित भएको छ।केन्द्रीय समिति चयन गरेर महाधिवेशन आजै सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily