+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीकाे केन्द्रीय सदस्यमा गाेरखाका १० जना !

4KNationalDaily
२०७८ पुष १९, सोमबार ०९:४५ बजे

गाेरखा- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट गोरखाबाट दश जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गत पुष ११ गतेदेखि सुरु भएको महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष प्रचण्डले २ सय ३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो ।

प्रचण्डले घोषणा गरेको केन्द्रिय कमिटीमा गोरखाका १० जना परेका छन् । ११ स्थानीय तह रहेकाे गाेरखामा अजिरकाेट, बारपाक-सुलिकाेट, धार्चे, चुमनुव्री, र आरूघाट गाउँपालिकाका केन्द्रीय सदस्य पाउन सकेनन् ।

केन्द्रीय सदस्यकाे सुचीमा पालुङटार नगरपालिकाका तिनजना, सिरानचाेक गाउँपालिकाका २ जना, गाेरखा नगरपालिकाका १ जना, गण्डकी गाउँपालिकाका २ जना र भिमसेन थापाका २ जना गरि १० जना केन्द्रीय सदस्यकाे सुचिमा परेका हुन् ।

सिरानचाेकबाट नारायणकाजी श्रेष्ठ, लेखनाथ न्याैपाने र पालुङटारबाट हितराज पाण्डे, चुणामणी खड्का र पम्फा बसेल, गाेरखा नगरपालिकाबाट पर्शुराम रम्तेल, गण्डकीबाट हरिराज अधिकारी, अम्मर तमु र भिमसेन थापाबाट सुशिला सिंखडा र कुष्ण घिताल चयन भएका हुन् ।

थपिएका केन्द्रीय सदस्यमा पालुङटारबाट बसेल मात्रै नयाँ हुन् । उनी पालुङटार नगर कमिटिकाे उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । गत प्रदेश अधिवेशनमा प्रदेश सदस्य भएकी बसेल केन्द्रीय सदस्य भएकी हुन् । अन्य नाैजना यसअघि नै केन्द्रीय सदस्य भएका थिए ।

यसबाहेक गाेरखा घर भएका पार्वति थापा, दुर्गा विक र साेमति गुरूङसमेत केन्द्रीय सदस्यमा चयन भएका छन् । थापा सविधान सभाकि सांसद समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily