+
Search

ताजा अपडेट +

पपुलर +

टाइगर कप भलिबल : आर्मीको दोहोरो जित

4KNationalDaily
२०७८ पुष २८, बुधबार ०८:२१ बजे

पाेखरा- टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सोमबार भएको खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन्। महिलातर्फ भने त्रिभुवन आर्मी र न्यू डायमण्डले जित निकालेका छन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पुलिसले गण्डमीमाथि २५–२२, २५–१८ र २५–२० को जित हात पारेको हो।

दोस्रो खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पाखा लगायो। आर्मीले एपीएफलाई २५–१६,२२–२५, २५–१५ र २५–२१ ले हरायो।

मंगलबार भएको महिलातर्फको खेलमा आर्मीले एपीएफलाई १८–२५, २५–१९, २५–२० र २५–१४ ले हरायो। न्यू डायमण्डले पोखरालाई २५–१९, २५–१३ र २५–१६ को सोझो सेटमा हरायो। १ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५ टोलीे सहभागी छन्।

प्रतियोगिताको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ। सर्वोत्कष्ट खेलाडीले समान २५ हजार तथा विधागततर्फका विजेताले समान १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily