+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कप टी-२० क्रिकेट : प्रदेश २ द्वारा गण्डकी पराजित

4KNationalDaily
२०७८ पुष २८, बुधबार ०८:२३ बजे

काठमाडाैं- गण्डकी प्रदेशलाई पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

मंगलबार भएको खेलमा गण्डकीलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले ११ बल अगावै जित निकालेको हो। गण्डकीले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलव १ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। प्रदेश २ का कप्तान हसिम अन्सारी २६, सन्तोष कार्की २३, हरिकृष्ण झाले १७ रन बनाए।

गण्डकी प्रदेशका कृष्ण पौडेलले ३, विशाल पौडेल र सुवास भण्डारीले समान २ विकेट लिए। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो।

गण्डकीका अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाउँदा रन आउट भए। म्यान अफ दि म्याच बनेका अर्जुनले ३९ बलमा ६ चौका प्रहार गरे। सन्दीप क्षत्रीले २७ रन थपे। अर्को खेलमा एपीएफले लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

एपीएफले बागमती प्रदेशलाई ७ विकेटले हराएको हो। बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। विष्फोटक ब्याटिङ गरेका लोकेश बमले २४ बलमा १० चौका र १ छक्का हाने। खेलको म्यान अफ दि म्याच पनि लोकेश नै भए। प्रदीप ऐरि ३० रनमा नटआउट रहे।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गसमाएर १ सय २५ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily