+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षामन्त्री पौडेल भन्छन्- मेडिकल माफियाहरुसँग राज्य डराउँदैन

4KNationalDaily
२०७८ पुष ३०, शुक्रबार ०८:०९ बजे

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् ।

चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन् ।

उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए ।

मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानून बिपरित्का काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित यूनिभर्सिटीका प्रतिनिधिहरुलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने बताए ।

उनले राज्यका निकायलाई धम्क्याउने, अनावश्यक प्रयोग, परिचालन गर्ने, कानून आफ्नो हातमा लिने, कानून विपरित् काम गर्ने, शक्ति केन्द्रहरु धाएर कानून विपरित्का कामहरु ढाकछोप गर्न खोज्ने प्रकारको प्रवृत्तिलाई शिक्षा मन्त्रालयले सहन नसक्ने पनि बताए । मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मुकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily