काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नरहेको बताएका छन्।
शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
कोभिड संक्रमण बढेसँगै सिटामोलसहितका सामान्य औषधिको पनि हाहाकार भइरहेका बेला देउवाले आर्थिक तथा सामाजिक क्रियाकलाप जारी राख्ने गरी सरकारले काम गरिरहेको पनि बताएका छन्।
‘मैले सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु। उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु’, उनले भनेका छन्, ‘आपूर्ति व्यवस्था सुधार गरि महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन।’
उनले कोभिड १९ को संक्रमण र तेस्रो लहर नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बढाइएको पनि दाबी गरे। ‘सकेसम्म जनजीवनमा कम असर गर्ने गरी व्यवस्था मिलाइनेछ’, उनले भने, ‘अत्यावश्यक वस्तुको अभाव छैन। धानबालीको क्षतिको राहत दिलाउने काम भएको छ।’
एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ
प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।
उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।
पूर्णपाठ
[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/Adress-by-RH-PM-to-Nation-.pdf”]
प्रतिक्रिया