+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भने : २०७९ असोजपछि स्थानीय चुनाव गर्ने सहमति छ, भ्रम नछरौँ

4KNationalDaily
२०७८ माघ ९, आईतवार १९:०१ बजे

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले स्थानीय तहको अवधि सकिनासाथ निर्वाचन हुने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पाँच दलका नेता र कानुनविदहरुको छलफलपछि उनले सामाजिक सञ्जालमा यस्तो भनेका हुन्।

उनले संविधानसँग केही कुरा बाझिएकाले तिनको संशोधन गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकहरुको कार्यकाल पूरा हुनासाथ निर्वाचनमा जाने बताए।

भट्टराईको भनाइ अनुसार सबै स्थानीय तहका जनप्रतिनिधिको समयावधि आगामी २०७९ असोजमा सकिएपछि नयाँ निर्वाचन हुनेछ।

अहिले स्थानीय तहको अन्तिम कार्यकाललाई लिएर विवाद चलिरहेको छ। २०७४ सालमा वैशाख ३१ गते, जेठ ३१ गते र असो २ गते स्थानीय तह निर्वाचन भएको थियो।

‘संविधानसँग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ’, उनले भनेका छन्, ‘आफ्नो आङको भैँसी नदेख्नेहरूले अरूको आङको जुम्रा देखाएर जनतामा भ्रम नछरून्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily