+
Search

ताजा अपडेट +

पपुलर +

महेश बस्नेत भन्छन्- एमालेसंग गठबन्धन गर्न प्रचण्ड र माधव लागिपरेको सूचना पाएको छु

4KNationalDaily
२०७८ माघ १९, बुधबार १५:३८ बजे

काठमाडौं- नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘घाँडो’ र अवसरवादीको संज्ञा दिएका छन् ।

स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र उबको राजनीतिविषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

मञ्चमा रहेका कांग्रेस नेता मिनेन्द्र रिजालतर्फ संकेत गर्दै उनले कांग्रेस अहिले प्रचण्ड र नेपाललाई छाडेर जाने कि एक्लै जाने भन्ने दोधारे अवस्थामा रहेको उल्लेख गर्दै बस्नेतले अवसरवादीहरुलाई बोकेर लोकतन्त्रको रक्षा गर्न नसकिने बताए ।

संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतको भनाइ छ ।

उनले माओवादी र एकीकृत समाजवादी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको समेत बताए ।

उनले भने, ‘माओवादी र नेकपा एस भन्ने पार्टी कांग्रेस र एमालेले कुनै पनि अवस्थामा बहुमत नपुर्‍याउने भनेर लागेका छन् । कांग्रेससँग सत्तामा भए पनि एमालेसँग पनि निर्वाचनको सम्भावित परिणामका विषयमा कुरा गर्न प्रतिनिधि पठाइरहनुभएको छ भन्ने सुनिएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily