+
Search

ताजा अपडेट +

पपुलर +

एसईई वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

4KNationalDaily
२०७८ माघ २६, बुधबार १७:४२ बजे

फाइल तस्बिर

काठमाडाैं- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएकाे छ ।

कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily