+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसीविरुद्ध नारायणकाजी सडकमा

4KNationalDaily
२०७८ फाल्गुन ४, बुधबार १३:१४ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध सडकमा उत्रिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।

‘आफ्नै पार्टीका युवा विद्यार्थीहरुले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन पुग्नुभएको थियो’, श्रेष्ठका प्रेस संयोजक सुरेशकाजी श्रेष्ठले भने, ‘१५ मिनेट जति बसेर फर्किनुभयो। उहाँले त्यहाँ कुनै धारणा भने राख्नुभएन।’

श्रेष्ठ सुरुदेखि नै एमसीसीको विरोधमा रहँदै आएका छन्। संशोधन बिना एमसीसी अनुमोदन गर्न नहुने उनको धारणा छ।

माओवादी निकट भ्रातृ संगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रर्दशनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily