+
Search

ताजा अपडेट +

पपुलर +

कुशलको शतकमा फिलिपिन्समाथि नेपालको फराकिलो जित

4KNationalDaily
२०७८ फाल्गुन ७, शनिबार १५:५३ बजे

काठमाडौँ- नेपालले टी-२० अन्तर्राष्ट्रियमा फिलिपिन्समाथि फराकिलो जित हात पारेको छ। ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो जित समेत हो। यसअघि गत अप्रिलमा नेपालले कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

दुई वर्षअघि भएको तेस्रो दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भुटानलाई १४१ रनले हराएको थियो। त्यसपछि नेपालको यो नै ठूलो जित हो।

विश्वकप छनोटमा यो नेपालको लगायतार दोस्रो जित हो। यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो।

अंकतालिकामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। क्यानडा र ओमानको समान २-२ अंक भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ। दुवै खेल हारेको फिलिपिन्स पुछारमा छ।

अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्नेछ। अंक तालिकाको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो।

फिलिपिन्सका जोर्ड अलेग्राले ३२ बलमा २ चौकासहित २७ रन जोडे। यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० तथा जोनाथन हिलले २९ बलमा ११ रन थपे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily