+
Search

ताजा अपडेट +

पपुलर +

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

4KNationalDaily
२०७८ फाल्गुन ८, आईतवार ०८:१० बजे

काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।

शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलकाे मूल्य हालसम्मकै उच्च हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily