+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने

4KNationalDaily
२०७८ फाल्गुन २२, आईतवार ०८:०५ बजे

काठमाडौं- शुक्रबार स्थगित भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ ।

संसदबाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्म टिप्पणीका नाममा प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ ।

शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् । प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । तर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न गरिएको थियो ।

ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो । १५ सदस्यीय पदाधिकारीका अन्य पदहरु भने दुई महिनादेखि रिक्त छन् ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

अध्यक्षपछिको शक्तिशाली पद महासचिव भएकाले बढी चासो यसै पदमा छ । महासचिव पदमा अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल दाबेदार छन् ।

माओवादीको शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको थियो ।

एमसीसीलाई संसदबाट अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको छ ।

याे पनि,

प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

माओवादी फुट्ने सङ्केत पाएपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा !

नारायणकाजीलाई प्रचण्डको प्रस्ताव : एमसीसीमा मतभेद होस्, अरु कुरामा मिलौं

प्रचण्डलाई नारायणकाजीको जवाफ : तपाईंले नै निस्केर जा भन्नुभयो, कसरी एकता जोगाउने !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily