+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यकः मुख्यमन्त्री पोखरेल

4KNationalDaily
२०७८ फाल्गुन २८, शनिबार १८:३४ बजे

तनहुँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए।

व्यास नगरपालिका–५ मानुङकोटबाट शुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दूरी पार गर्दै व्यास नगरपालिका ८ पुलिमराङमा सापन भएको हो।

कार्यक्रममा मुख्यमन्त्रीले भने, ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ।’

छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरूले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताए।

गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरूबीचकै मुटावका कारण राजनीतिक उतारचढाव आएको उनको भनाइ थियो।

अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने मुख्यमन्त्री पोखरेलले बताए।

उनले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बताए।

विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी उनको थियो।

खेलकुदको प्रंसगमा उनले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताए।

अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उनको भनाइ थियो। खेलमार्फत २ महत्वपूर्ण स्थललाई जोड्ने गरी शुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दुरदर्शी कार्य रहेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिद गाउँ पुलिमराङलाई खेलकुदका माध्यमबाट विश्वसामु चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका खेलेको भनाइ राखे।

तनहुँको सदरमुकाम कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङको स्मरण गर्दै त्यतिबेला राणा शासनविरुद्ध आवाज उठाएकै कारण शाहदत प्राप्त गरेको बताए।

पछि पञ्चायती व्यवस्थाको विरुद्धमा समेत पुलिमराङका युवाहरूले मुलुकका लागि ठूलो योगदानको उनले कदर गरे। उनले भने, ‘धर्मध्वजले बन्दीपुरमा रगत बगाएकै दिनमा नेपालमा संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसेको हो, अहिले आएर साकार भएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily