+
Search

ताजा अपडेट +

पपुलर +

मनाङ मर्स्याङ्दीलाई दोस्रो पटक खप्तड गोल्डकपको उपाधि

4KNationalDaily
२०७८ फाल्गुन २८, शनिबार १९:३१ बजे

काठमाडौं– ए डिभिजन टोली मनाङ मर्स्याङ्दीले क्लब दोस्रो पटक खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ।

धनगढी रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै पाँचौं संस्करणको उपाधि जितेको हो।

मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौसा अबागानाले गोल गरे। यता, फ्रेन्ड्सका लागि जमुअल फ्रान्स्वाले गोल गरे।

खेलको २२औं मिनेटमा दीनेशले गरेको गोलबाट मनाङले १–० को अग्रता लिएको थियो । ५१औं मिनेटमा फ्रेन्ड्सले बराबरी गोल फर्कायो । उसका लागि फ्रान्स्वाले बराबरी गरेका थिए ।

७१औं मिनेटमा अफिजले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए। इन्जुरी समयको चौथो मिनेटमा मौसाले गोल गर्दै मनाङको जित पक्का गरे।

विजेता मनाङले उपाधिसहित २१ लाख र दोस्रो भएको फ्रेन्ड्सले १० लाख रुपैयाँ प्राप्त गर्यो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily