काठमाडौं- गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ ।
भिडियोसहित सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द तथा नविन कार्कीको संगीत छ ।
गायक सुभाष पुरीको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमिकालाई धोका दिने युवा जमातहरूको मार्मिक देखाइएको छ ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन् । केही अगाडि सुभाषले समीक्षासँगको सहकार्यमा ‘बजाई देउ’ बोलको गीत ल्याएका थिए । जसले राम्रो चर्चा पाएको थियो ।
भिडियाे
प्रतिक्रिया