+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई साइजमा राख्न प्रचण्ड-नेपाललाई अलिअलि मत दिएर गठबन्धन गरौँ’ : रामचन्द्र पौडेल

4KNationalDaily
२०७८ चैत्र १४, सोमबार १७:४९ बजे

काठमाडौं- नेपाली कांग्रेसमा चुनावी गठबन्धनको पक्षमा प्रमुख नेताहरू प्रखर रूपमा खुलेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा सभापति शेरबहादुर देउवालाई उनको समूहभन्दा इतरका नेताहरूको समेत बलियो समर्थन देखिएको छ ।

सोमबारको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई बलियो बन्न नदिन पनि कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई मत दिनुपर्ने बताए ।

उनले अहिलेका लडाइँ एमालेविरुद्ध भएकाले गठबन्धन जरुरी रहेको जिकिर गरेका छन् ।

बैठकमा पौडेलले भने, ‘केपी ओलीलाई कुनै हालतमा बलियो बन्न दिनु हुँदैन । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । यो लडाइँ एमालेविरुद्ध हो । त्यसैले गठबन्धन जरुरी छ ।’

सोमबारको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा धारणा राखेका थिए भने नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले गठबन्धन गर्न नहुने पक्षमा धारणा राखेका थिए । कांग्रेसको बैठक अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily