काठमाडौँ- हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले आपसमा बिहे गर्ने तयारी गरेका छन्।
जेनिफरका प्रतिनिधिले उनीहरूबीच दोस्रोपटक ‘इन्गेजमेन्ट’ भएको बताएका छन्। ५२ वर्षीय जेनिफरेले चौथो र ४९ वर्षीय एफलेकको दोस्रोपटक विवाह गर्न लागेका हुन्।
सन् २००० को सुरुवातमा भने यी दुईबीच ‘ब्रेकअप’ भएको थियो। तर अहिले पुन: नजिकिएका हुन्। शुक्रबार बेलुका जेनिफरले इन्जेगमेन्टमा लगाएको हिराको औंठीसहित भिडिओ सेयर गरेकी छन्।
‘तपाईंहरू सबैलाई बताउन मसँग निकै उत्साही र विशेष स्टोरी छ’, जेनिफरले ट्विटरमा लेखेकी छन्।
प्रतिक्रिया