+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी र एकीकृत समाजावादी कांग्रेसको जिउमा बसेको झिँगा र मच्छड धपाउने चौरीको पुच्छर मात्रै हुन् : ओली

4KNationalDaily
२०७८ चैत्र २९, मंगलवार १६:०३ बजे

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलाई चौरीको पुच्छरसँग तुलना गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुवै पार्टीको आलोचना गरेका हुन्। उनले एकीकृत समाजवादीलाई भने सोही नामले सम्बोधन नगरी ‘माकुने गुट’ भनेका थिए।

‘माओवादी केन्द्र र माकुने गुट भनेका कांग्रेसको जिउमा बसेका झिँगा र मच्छड धपाउने राम्रो झुम्का भएको चौरीको पुच्छर जस्तो झुम्का भएको पुच्छर मात्रै हुन्’, उनले भने।

उनले माओवादी केन्द्र अब पार्टी नभएर केन्द्र मात्रै भएको बताए। उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताए। ‘भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ’, उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily