+
Search

ताजा अपडेट +

पपुलर +

कृष्ण र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ सार्वजनिक

4KNationalDaily
२०७९ बैशाख १, बिहीबार १४:५८ बजे

काठमाडौँ- गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ।

मोहन थापाको शब्द रचना गीतमा समावेश छ। गीतको लय सिर्जना गायक काफ्ले स्वयमकै रहेको छ। नरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छ।

गायक काफ्लेकै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन्। धेरै पहिले सुनिने अथवा पुराना गीतमा प्रयोग हुने खालका शब्द र भाका राखेर बनाइएको यो गीत मौलिक छ।

गीतको एरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ।

सन्कल भुजेलको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily