काठमाडौँ- नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।
आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने गरेकी छिन्।
उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा जानकारी छैन । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् ।
प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले कोसँग विवाह गरिन् वा गर्दैछिन् भन्ने खुल्न सकेको छैन ।
उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनिएकाे भएपनि कोसँग भन्ने अझै थाहा नभईसकेको जनाएका छन् । ‘विवाह हो भन्ने सुनेको छु । तर, कोसँग ? कहाँ ? हामीलाई पनि थाहा छैन’ उनले भने ।
प्रतिक्रिया