काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि ४ विकेटको जित हात पारेको छ।
बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो।
कोलकाताका लागि नितिश रानाले ५७ तथा श्रेयस ऐय्यरले ४२ रन बनाएका थिए। दिल्लीका कुलदीप यादवले ४ तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। दिल्लीका लागि डेभिड वार्नरले ४२ रन बनाए भने रोभमन पावेलले अविजित ३३ रनको पाली खेले।
कोलकाताको लागि यो लगातार पाँचौं हार हो। कोलकाताले ९ खेलबाट ६ अंक जोडेको छ। दिल्लीले ८ खेलबाट ८ अंक हात पारेका छ।
यसपटकको नयाँ टोली गुजरात टाइटन्स लिगको शीर्षस्थानमा छ भने लिगको पुछारमा रहेको मुम्बईले खेलेको सबै ८ खेलमा हारको सामना गरेको छ।
प्रतिक्रिया