+
Search

ताजा अपडेट +

पपुलर +

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

4KNationalDaily
२०७९ बैशाख १७, शनिबार १०:१५ बजे

काठमाडौं- स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालकोसमथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभावले देशैभर वर्षा भइरहेको छ ।

काठमाडौंमा आज बिहानैबाट मेघगर्जन सहित पानी परिरहेको छ । उपत्यका सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका भू-भागहरूका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आइतबार रातिसम्म मौसममा सुधार नआउने मौसमविद् प्रतिमा मानन्धरले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily