+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारमा पाँच दलीय गठबन्धन तोड्दै जसपा र एमालेबीच तालमेल

4KNationalDaily
२०७९ बैशाख २७, मंगलवार १६:०२ बजे

गोरखा- पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ ।

एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् ।

जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ । यस्तै ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ वडामा जसपालाई सघाउने पनि सहमति भएको छ।

पालुङटारमा जसपाले पहिले नेपाली कांग्रेससँग तालमेलको सहमति गरेको थियो । तर वडा बाँडफाँटमा कुरा नमिलेपछि दुबै दल सहमतिबाट पछि हटेका थिए ।

यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो। सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए।

तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्ला एक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए।

तर समाजवादी एक्लै परेको अवस्थामा बाबुराम भट्टराईकै पहलमा एमालेसँग तालमेल भएको हो। बाबुराम पछिल्लो समय एमालेविरुद्ध आक्रमक नेतामध्ये एक हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily